Kathmandu Press

होम आइसोलेसनमा बसेकी महिलाको मृत्यु

काठमाडौं, असोज १२ : कोरोना संक्रमण पुष्टि भइपछि होम आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ। जाजरकोटको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटकी ७६ वर्षीया महिलाको...
होम आइसोलेसनमा बसेकी महिलाको मृत्यु

काठमाडौं, असोज १२ : कोरोना संक्रमण पुष्टि भइपछि होम आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ। 

जाजरकोटको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटकी ७६ वर्षीया महिलाको सोमबार मृत्यु भएको हो।

उनमा असोज ६ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार दिउँसो अस्पताल लैजाँदै गदौ उनको बाटोमै मृत्यु भएको हो।

प्रकाशित मिति: २३:४६ बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्