नार्कको कार्यकारी निर्देशकमा भण्डारी नियुक्त
काठमाडौं, असोज १२ : कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपककुमार भण्डारी नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न...
काठमाडौं, असोज १२ : कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपककुमार भण्डारी नियुक्त भएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् बैठकले नार्कको कार्यकारी निर्देशकमा डा. भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए।
भण्डारी यसअघि नार्कको निमित्त कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए।
प्रकाशित मिति: २२:५६ बजे, सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











