Kathmandu Press

थप १३५१ जनामा कोरोनाको संक्रमण पुष्टि 

नेपालमा थप १३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  
थप १३५१ जनामा कोरोनाको संक्रमण पुष्टि 
सांकेतिक तस्वीर।

काठमाडौं, असोज १२ : नेपालमा थप १३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ। संक्रमितमध्ये ५४ हजार ६४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४८१ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर ७४२ जना घर फर्किएका छन्।

प्रकाशित मिति: २२:०३ बजे, सोमबार, असोज १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्