Kathmandu Press

राष्ट्रपति भण्डारीले जारी गरिन् तीन अध्यादेश 

काठमाडौं, असोज १२ :  राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाबलगायत विषयका तीन अध्यादेश जारी गरेकी छिन्।राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को...
राष्ट्रपति भण्डारीले जारी गरिन् तीन अध्यादेश 

काठमाडौं, असोज १२ :  राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाबलगायत विषयका तीन अध्यादेश जारी गरेकी छिन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन), फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र  नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश जारी गरेकी हुन्। 

यसअघि अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। सरकारको सिफारिसबमोजिम सोमबार अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए।
 

प्रकाशित मिति: २१:११ बजे, सोमबार, असोज १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्