भरतपुर अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं, असोज १२ : चितवनस्थित भरतपुर अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका ७ का ५५ वर्षीय पुरुषको...
काठमाडौं, असोज १२ : चितवनस्थित भरतपुर अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका ७ का ५५ वर्षीय पुरुषको सोमबार दिउँसो मत्यु भएको हो।
उनमा असोज ४ कोरोना संक्रमण पुष्टि भएको थियो। खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज ७ गते अस्पताल भर्ना गरिएको थियो।
मिर्गौला फेल भएर केही समयदेखि डाइलासिस गरिरहेका पुरुषको आइसियूमा राखेर उपचार गराउँदै नियमित डाइलासिस समेत गरिँदै आएको अस्पतालले जनाएको छ।
योसहित कोरोना संक्रमणबाट चितवनमा १९ जनाको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: २०:५३ बजे, सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











