विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं, असोज १२ : धरानस्थित विपी कोयराला स्वास्थ्य विज्ञन प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। धरान उपमहानगरपालिका– २ निवासी ३८ वर्षीया महिलाको...
काठमाडौं, असोज १२ : धरानस्थित विपी कोयराला स्वास्थ्य विज्ञन प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका– २ निवासी ३८ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको हो।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार प्रतिष्ठानको आकश्मिक कक्षमा भर्ना गरिउको थियो। उनको मृत्यु भएपछि आएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
योसँगै धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।
प्रकाशित मिति: २०:४४ बजे, सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

