गण्डकी प्रदेशका थप १८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज १२ : सोमबार गण्डकी प्रदेशका थप १८ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये तनहुँका आठ जना, नवलपुरका सात जना, गोरखा र लमजुङका...
काठमाडौं, असोज १२ : सोमबार गण्डकी प्रदेशका थप १८ जनामा कोरोना पुष्टि भएको छ।
संक्रमितमध्ये तनहुँका आठ जना, नवलपुरका सात जना, गोरखा र लमजुङका एक/एक जना र स्याङजाका एक जना रहेका छन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार सोमबार थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार सात सय ९५ पुगेको छ। संक्रमितमध्ये हालसम्म दुई हजार ६ सय ८९ जना निको भएका छन् ।
साथै सक्रिय संक्रमितको संख्या एक हजार ७६ जना रहेका छ।
प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणकै कारण ३३ जनाको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: १९:१८ बजे, सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











