Kathmandu Press

बाघको आक्रमणबाट चितवनमा बृद्धाको मृत्यु

भरतपुर, असोज १२ : बाघको आक्रमणबाट सोमबार फेरि चितवनमा एक जना बृद्धाको मृत्यु भएको छ।बाघको आक्रमणबाट रत्ननगर–६ का ६० वर्षीया बगुना चौधरीलाई बाघले...
बाघको आक्रमणबाट चितवनमा बृद्धाको मृत्यु

भरतपुर, असोज १२ : बाघको आक्रमणबाट सोमबार फेरि चितवनमा एक जना बृद्धाको मृत्यु भएको छ।

बाघको आक्रमणबाट रत्ननगर–६ का ६० वर्षीया बगुना चौधरीलाई बाघले आक्रमण गरेको हो। उनी चितवन निकुञ्जसँग जोडिएको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी थिइन्।

बाघको आक्रमणबाट उनको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले बताए। उनका अनुसार चित्तल मारेर खादै गरेको बाघसँग बगुनाको जम्का भेट भएको थियो। जसले गर्दा बाघले आक्रमण गरेको हुनसक्ने उनको भनाइ छ।

यसअघि शनिबार पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पटिहानीको बेलशहर मध्यवर्ती सामुदायिक बनमा घाँस काट्न गएका एक स्थानीयको बाघको आक्रमणबाट मृत्यु भएको थियो।

त्यस्तै, भदौ २२ गते पनि बेलसहर आडकै बाटुलीपोखरी वनमा घाँस काट्न गएका एक स्थानीयलाई बाघले आक्रमण गर्दा मृत्यु भएको थियो। पछिल्लो एक महिनामा बाघको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ।

 

प्रकाशित मिति: १८:०२ बजे, सोमबार, असोज १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्