Kathmandu Press

चिनियाँ दूतावास अगाडि प्रदर्शनमा उत्रिएका नेविसंघका ६ जना कार्यकर्ता पक्राउ

काठमाडौं, असोज १२ : कांग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ)का नेता नवराज त्रिपाठीसहित ६ जना विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। चीनले सीमामा गरेको...
चिनियाँ दूतावास अगाडि प्रदर्शनमा उत्रिएका नेविसंघका ६ जना कार्यकर्ता पक्राउ

काठमाडौं, असोज १२ : कांग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ) का नेता नवराज त्रिपाठीसहित ६ जना विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

चीनले सीमामा गरेको अतिक्रमणविरुद्ध चिनियाँ दूतावास अगाडि विरोध प्रदर्शन गरिरहेका नेविस‌ंघका ६ जना कार्यकर्तालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा नेविसंघ पूर्वकेन्द्रीय सदस्य त्रिपाठीसहित प्रनिल तामाङ, सुबोध ओली, बोगटी, अर्बत खड्का र दीपेन्द्र खड्का रहेको नेविसंघ नेता तथा 'चिनौँ सिमाना, जोगाओँ माटो'का अभियान्ता मनिष सिम्खडाले जानकारी दिए।

कालापानी, सुस्तालगायतका क्षेत्रमा नेपाली भूमि निरन्तर अतिक्रमणमा परिरहेको र समस्या समाधानमा राज्य उदाशीन रहिरहेको भन्दै स्कुल क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नेपाली भूमि र सीमानाबारे सुचित गराउनु आन्दोलनको उद्देश्य रहेको उनले बताए। 

प्रदर्शनमा 'चिनियाँ हस्तक्षेप बन्द गर', 'सीमा मिच्न पाइँदैन' भन्दै नारावाजी भएको थियो। 

प्रकाशित मिति: १७:४८ बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्