डीएसपीसहित चितवनका आठ प्रहरीलाई कोरोना
भरतपुर, असोज १२ : चितवनमा जिल्ला प्रहरी कार्यालयका डीएसपीसहित आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।गएराति आएको कोरोना परीक्षण रिपोर्टमा जिल्ला प्रहरी कार्यालयका...
भरतपुर, असोज १२ : चितवनमा जिल्ला प्रहरी कार्यालयका डीएसपीसहित आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
गएराति आएको कोरोना परीक्षण रिपोर्टमा जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्यबहादुर थापासहित आठ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो। संक्रमित सबै प्रहरीलाई कार्यालयभित्रै आइसोलेसन कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी नान्तिराज गुरूङले बताए।
सबै प्रहरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरुमा कुनै पनि किसिमको समस्या नदेखिएको एसपी गुरुङले बताए।
प्रकाशित मिति: १७:१२ बजे, सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











