Kathmandu Press

डा.केसीको सत्याग्रहको १५औं दिन, स्वास्थ्य अवस्था बिग्रिदै

काठमाडौं, असोज १२ : स्वास्थ्य सेवा सुधारका माग गर्दै १५ दिनदेखि सत्याग्रहमा बसिरहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ। उनलाई जुनसुकै वेला...
डा.केसीको सत्याग्रहको १५औं दिन, स्वास्थ्य अवस्था बिग्रिदै
डा. गाेविन्द केसी।

काठमाडौं, असोज १२ : स्वास्थ्य सेवा सुधारका माग गर्दै १५ दिनदेखि सत्याग्रहमा बसिरहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ। उनलाई जुनसुकै वेला पनि गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने चिकित्सकले बताएका छन्।

डा.केसीलाई त्रिवि शिक्षण अस्पताल, महाराजञ्जमा राखिएको छ। उनले अस्पतालमै सत्याग्रह जारी राखेका छन्।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनी कमजोर भएका छन्। उनको मटुको धड्कन गडबढ भइरहेको छ।

त्यस्तै, डा.केसीको रगतमा चिनीको मात्रा एकदमै कम भएको छ। शरीरमा पानीको मात्रा पनि अत्यधिक घटेको छ। जसले गर्दा जुनसुकै वेला पनि गम्भीर स्वास्थ्य संकट आउनसक्ने प्रा.डा. सुवासप्रसाद आचार्यले बताए।

डा.केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको भएपनि सरकारले भने वास्ता गरेको छैन। उनको माग सम्बोधन गर्न र सत्याग्रह तोडाउनका लागि अहिलेसम्म पहल थालेको छैन।

डा.केसीले असोज २९ गते जुम्लाको चन्दननाथ नगरपालिकास्थित बाबिरा मष्टो मन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका थिए। धर्मशालाबाट स्थानीय प्रशासनले राति बलजफ्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेको थियो।

त्यसपछि उनी हिंसात्मक घटना हुनसक्ने भन्दै काठमाडौं आएका थिए। काठमाडौं आएको पनि ६ दिन भएको छ। तर, अहिलेसम्म सरकारले माग सम्बोधन गर्नका लागि कुनै पहल गरेको छैन।

यसैबीच नागरिक अगुवाहरुले उनको जीवन रक्षाका लागि आग्रह गरेका छन्। डा.केसीले अघि सारेका माग जनताको पक्षमा रहेकाले तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: १६:२२ बजे, सोमबार, असोज १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्