Kathmandu Press

एनसेलको सिम प्रयोग नगर्न नेकपाका चार संगठनको अपिल

काठमाडौं, वैशाख १२ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट चार संगठनले एनसेलको सिम प्रयोग नगर्न अपिल गरेका छन्।

अनेरास्ववियु....

एनसेलको सिम प्रयोग नगर्न नेकपाका चार संगठनको अपिल

काठमाडौं, वैशाख १२ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट चार संगठनले एनसेलको सिम प्रयोग नगर्न अपिल गरेका छन्।

अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), युवा संघ नेपाल र वाइसीएल नेपालले संयुक्त विज्ञप्ति निकालेर निजी क्षेत्रको मोवाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने लाभकर नतिरेको भन्दै सिम प्रयोग नगर्न अपिल गरेका हुन्।

उनीहरुले सर्वोच्च अदालत र ठूला करदाता कार्यालयले कर तिर्न ७ दिनको समयसीमा दिँदा पनि नतिरेकोप्रति पनि आपत्ति जनाएका छन्। नेकपाको भातृ संगठनहरूले २४ घण्टाभित्र कर नतिरे एनसेलविरुद्ध दबाबका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएका छन्।
 
प्रकाशित मिति: १८:१७ बजे, बिहीबार, वैशाख १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्