Kathmandu Press

विदेशमा अलपत्र ८० हजार नेपाली स्वदेश फर्किए

काठमाडौं, असोज १२ : कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका ८० हजार १६ नेपाली स्वदेश फर्किएका छन्।कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)का...
विदेशमा अलपत्र ८० हजार नेपाली स्वदेश फर्किए

काठमाडौं, असोज १२ : कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका ८० हजार १६ नेपाली स्वदेश फर्किएका छन्।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)का अनुसार शनिबारसम्म ३२ मुलुकबाट नेपाली नागरिक स्वदेश मुलुक फर्केका हुन। स्वदेश फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन्।

उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा तत् मुलुकमा पुगेका थिए। उनीहरु सबै हवाइजहाजमार्फत फर्किएका हुन्।

केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १२ हजार ३८१, मलेशियाबाट ११ हजार ६५१, कतारबाट ११ हजार १५०, कुवेतबाट आठ हजार ४७८, जापानबाट एक हजार ७५४, दक्षिण कोरियाबाट एक हजार ४४७ र ओमनबाट एक हजार ३२५ जना स्वदेश फर्किएका छन्।

त्यस्तै, स्वदेश फर्किनेहरुमा बहराइनबाट एक हजार २७४, अष्ट्रेलियाबाट एक हजार ९१, टर्कीबाट ९३६, बङ्गलादेशबाट ८८८, माल्दिभ्सबाट ८५३, सिङ्गापुरबाट ५५५,  अमेरिकाबाट ४३०, चीनबाट ३३३ र जोर्डनबाट ३१७ नेपाली रहेका छन्।

स्वदेश फर्कनेमा प्रदेश १ का १४ हजार ६११, प्रदेश २ का १२ हजार तीन, बागमती प्रदेशका १८ हजार २६४, गण्डकी प्रदेशका नौ हजार ३०, प्रदेश ५ का ११ हजार ६११, कर्णाली प्रदेशका एक हजार ५२५ र सुदूरपश्चिम प्रदेशका एक हजार ७४५ रहेको केन्द्रले जनाएको छ। फर्कनेमध्ये ११ हजार २२७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ।

प्रकाशित मिति: १५:२४ बजे, सोमबार, असोज १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्