Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या ६० लाख ७३ हजार नाघ्यो 

काठमाडौं, असोज १२ : भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ६० लाख ७३ हजार ३४८ पुगेको छ ।भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार...
भारतमा कोरोना संक्रमितको संख्या ६० लाख ७३ हजार नाघ्यो 

काठमाडौं, असोज १२ : भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ६० लाख ७३ हजार ३४८ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७०० जना नयाँ संक्रमित थपिएका विवरणहरु सार्वजनिक भएका छन् । साथै पछिल्लो २४ घण्टामा एक हजार ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९५ हजार ५७४ पुगेको छ । पछिल्लो अपडेट अनुसार ९ लाख ६४ हजार ४०७ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ५० लाख १३ हजार ३६७ जना निको भएका छन् ।

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, असोज १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्