Kathmandu Press

अबको केहि दिन ठूलो पानी नपर्ने, मनसुन सकिने लक्षण

काठमाडौं, असोज १२ : मनसुन सकिने लक्षण देखिन थालेकाले अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार भारतको...
अबको केहि दिन ठूलो पानी नपर्ने, मनसुन सकिने लक्षण

काठमाडौं, असोज १२ : मनसुन सकिने लक्षण देखिन थालेकाले अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भारतको पूर्वी बिहार आसपास रहेको न्यूनचापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना छैन ।  यस्तै देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिनेछ ।

लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्छ । तर यसवर्ष २ दिन ढिला गरी मनसुन भित्रिएको थियो ।

यसैबीच आज प्रदेश नम्बर १, वाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज राति पनि प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बद्ली भएर थोरै ठाउँहरुमा मात्र सामान्य पानी पर्ने सम्भावना छ । 

प्रकाशित मिति: १३:१० बजे, सोमबार, असोज १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्