कोरोना भाइरसबाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख नाघ्यो
काठमाडौं, असोज १२ : कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वरभर १० लाख २...
काठमाडौं, असोज १२ : कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वरभर १० लाख २ हजार १ सय ३७ जनाको मृत्यु भएको छ।
अमेरिकामा मात्र २ लाख मानिसको मृत्यु भएको छ। विश्वभर पछिल्लो २४ घण्टामा मात्र ५ हजारभन्दा बढी मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यस्तै विश्वको दोस्रो धेरै संक्रमण रहेको भारतमा पनि ९४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
अमेरिकामा सात लाख मानिसमा कोरोना संक्रमण फैलिसकेको छ भने भारतमा पनि ६ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। यसैगरी विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख ९७ हजार नाघेको छ । जसमध्ये २ करोड ४६ लाख उपचारपछि निको भएका छन् ।
प्रकाशित मिति: १२:१९ बजे, सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












