Kathmandu Press

काठमाडौं क्षेत्र नम्वर २ का सुत्केरी महिलालाई देउवाले गरिन राहत वितरण

काठमाडौं, असोज ११ : सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काठमाडौं क्षेत्र नम्वर २ का गर्भवति महिला, सुतकेरी र नवजात शिशुका लागि विभिन्न सामाग्री...
काठमाडौं क्षेत्र नम्वर २ का सुत्केरी महिलालाई देउवाले गरिन राहत वितरण

काठमाडौं, असोज ११ : सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काठमाडौं क्षेत्र नम्वर २ का गर्भवति महिला, सुतकेरी र नवजात शिशुका लागि विभिन्न सामाग्री वितरण गरेको छ । 

महासंघकी अध्यक्ष तथा कांग्रेस नेतृ आरजु राणा देउवाले शनिबार सुरक्षित मातृत्व अभियानमा सहयोग पुगोस भन्ने उद्धेश्यले नवजात शिशु र सुत्केरी महिलाको लागि स्वास्थ्य सामाग्री, सर्वोत्तम पिठो र हात धुने सावुन बितरण गरेकी हुन् ।

काठमाडौं क्षेत्र नम्वर २ कांग्रेस सभापति उपेन्द्र कार्की मार्फत त्यस क्षेत्रमा मानिहरुलाई उक्त सामाग्री हस्तान्त्रण गरिएको हो। अध्यक्ष राणाले सस्यामा परेका नवजात शिशु, सुत्तेकरी महिलाका लागि देशभरका विभिन्न क्षेत्रमा राहत सामाग्री वितरण गर्दै आएकी छन् ।

चार दशकदेखि सुरक्षित मातृत्वमा काम गर्दै आएकी राणाले कोरोनाभाइरसको बेला सुत्केरी महिला र नवजात शिशुको सरक्षा प्राथमिकतामा राख्नु पर्ने वकालत गर्दै आएकी छन्।

प्रकाशित मिति: ०१:१३ बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्