Kathmandu Press

खोलाले बगाउँदा दम्पतीको मृत्यु

मकवानपुर, असोज ११ : मकवानपुर  जिल्लामा खोलाले बगाउँदा  एक दम्पतीको आज मृत्यु भएको  छ।मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो। मकवानपुरगढी...
खोलाले बगाउँदा दम्पतीको मृत्यु

मकवानपुर, असोज ११ : मकवानपुर  जिल्लामा खोलाले बगाउँदा  एक दम्पतीको आज मृत्यु भएको  छ।

मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो। मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायब उपरीक्षक कृष्ण केसीले जानकारी दिए।   

उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पु¥याएको थियो। यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीन जनाको मृत्यु भएको थियो। केही दिनयता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको वहाब तीव्र छ। 

प्रकाशित मिति: २३:२५ बजे, आइतबार, असोज ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्