कोरोना संक्रमितको संख्या उच्च रहेका ठाउँका मानिसलाई घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अपिल
काठमाडौं, असोज ११ : कोरोना संक्रमितको संख्या उच्च रहेका ठाउँका ६० वर्ष उमेर पुगेका र दीर्घ रोगीलाई घर बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं, असोज ११ : कोरोना संक्रमितको संख्या उच्च रहेका ठाउँका ६० वर्ष उमेर पुगेका र दीर्घ रोगीलाई घर बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ।
काठमाडौं, मोरङ, चितवन र सुर्खेतमा संक्रमणको उच्च जोखिम रहेकाे भन्दै ६० वर्ष पुगेका, रक्तचाप, मधुमेहका बिरामी, क्यान्सर र मृगौला रोगीहरूलाई घरबाहिर ननिस्कन अनुरोध गरेको हो।
पछिल्लो समय उपत्यकालगायत बढी जनघनत्व भएको सहरहरूमा संक्रमण दर बढेको देखिएको छ।
आइतबारमात्र काठमाडौं उपत्यकामा ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन्।
प्रकाशित मिति: २३:१९ बजे, आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











