Kathmandu Press

पीसीआर परीक्षण नगरी विद्यार्थीलाई परीक्षामा सहभागी गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, असोज ११ : लक्षणनदेखिएका विद्यार्थीलाई पीसीआर परीक्षण नगरी परीक्षामा सहभागी गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। निजी मेडिकल कलेजहरूले परीक्षामा सहभागी...
पीसीआर परीक्षण नगरी विद्यार्थीलाई परीक्षामा सहभागी गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, असोज ११ : लक्षणनदेखिएका विद्यार्थीलाई पीसीआर परीक्षण नगरी परीक्षामा सहभागी गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। 

निजी मेडिकल कलेजहरूले परीक्षामा सहभागी हुनु अघि विद्यार्थीलाई  अनिवार्य पीसीआर परीक्षण गर्न भनेपनि उक्त निर्णय कार्यान्वयन नगर्न मन्त्रालयले निर्देशन दिएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षण नभएका विद्यार्थीको पीसीआर परीक्षण गर्ने कुरा अवैधानिक रहेको भन्दै सो कार्य नगराउन निर्देशन दिएका हुन्।

उनले कन्ट्याक ट्रेसिङमा परेका, फ्रन्टलाइनमा काम गर्ने र लक्षण भएका व्यक्तिबाहेक अन्यको परीक्षण गर्न आवश्यक नभएको बताए।

प्रकाशित मिति: २३:०६ बजे, आइतबार, असोज ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्