Kathmandu Press

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं, असोज ११ : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरलाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार गरीएको स्वाब परीक्षणमा डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बिहीबार...
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं, असोज ११ : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरलाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार गरीएको स्वाब परीक्षणमा डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बिहीबार संक्रमण पुष्टि भएको हो।

राष्ट्र बैंकका कर्मचारीमा संक्रमण देखिएपछि उनले बुधबार स्वाब परीक्षण गराएका थिए।

उनीसँगै केन्द्रीय बैंकका ३१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका छन्। साथै आफ्नो स्वास्थ्य अवस्था सामन्य रहको उनले बताएका छन्। 

प्रकाशित मिति: २२:४५ बजे, आइतबार, असोज ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्