कोरोना परीक्षणको रिपोर्ट प्रयोगशालाले सम्बन्धित व्यक्तीलाई दिनू : स्वास्थ्य मन्त्रालय
काठमाडाैं, असाेज ११ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशालाहरुलाई आफै कोरोना परीक्षणको रिपोट सम्बन्धित व्यक्तिलाई दिन आग्रह गरेको छ। यसअघि व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ...
काठमाडाैं, असाेज ११ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशालाहरुलाई आफै कोरोना परीक्षणको रिपोट सम्बन्धित व्यक्तिलाई दिन आग्रह गरेको छ।
यसअघि व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आए प्रयोगशालाले सम्बिन्धित व्यक्तिलाई जानकारी गराउने गर पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराउने गरिर्दै आएको थियो।
संक्रमण पुष्टि भएका व्यक्ति अब होम आइसोलेसनमा बस्ने भएकोले प्रयोगशाला आफैले सम्बन्धित व्यक्तीलाई जानकारी गराउने व्यवस्था मिलाएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
प्रकाशित मिति: २२:३७ बजे, आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











