पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु
काठमाडौं, असोज ११ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको...
काठमाडौं, असोज ११ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४७७ पुगेको छ।
यस्तै, आइतबार देशभरको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ। संक्रमितमध्ये ६१ हजार ८८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४८७ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार आइतबार कोरोनालाई जितेर ८८५ जना घर फर्किएका छन्।
प्रकाशित मिति: २२:१३ बजे, आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











