Kathmandu Press

थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार देशभरको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।
थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि
सांकेतिक तस्वीर।

काठमाडौं, असोज ११ : नेपालमा थप १५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार देशभरको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ। संक्रमितमध्ये ६१ हजार ८८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४८७ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार आइतबार कोरोनालाई जितेर ८८५ जना घर फर्किएका छन्।

प्रकाशित मिति: २२:०६ बजे, आइतबार, असोज ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्