Kathmandu Press

ललितपुर महानगरमा फुटपाथ अतिक्रण गर्न रोक 

ललितपुर, असोज ११ : ललितपुर महानगरपालिकाले कुपण्डोल, पुल्चोक, जावलाखेलदेखि कुमारीपाटीको महायान पेट्रोल पम्पसम्मकोे फुटपाथमा व्यापार – व्यवसाय गर्न र सवारी साधन पार्क गर्न...
ललितपुर महानगरमा फुटपाथ अतिक्रण गर्न रोक 

ललितपुर, असोज ११ : ललितपुर महानगरपालिकाले कुपण्डोल, पुल्चोक, जावलाखेलदेखि कुमारीपाटीको महायान पेट्रोल पम्पसम्मकोे फुटपाथमा व्यापार – व्यवसाय गर्न र सवारी साधन पार्क गर्न निषेध गरेको छ।

आजदेखि फुटपाथमा तरकारी व्यवसाय गर्न, निर्माण सामग्री थुपार्न, सवारीसाधन पार्क गर्न, वर्कसपको काम गर्न पाइने छैन। 
ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख सिताराम हाँछेथुले सहरलाई सुन्दर र व्यवस्थित बनाउन फुटपाथ अतिक्रमण रोकेको बताए। उनले भने, ‘पहिलो चरण अन्तर्गत यो क्षेत्र तोकेका छौं, चरणबद्ध रुपमा फुटपाथ व्यवस्थित बनाउने छौं।’

फुटपाथ पैदल यात्रुको लागि छुट्याएको ठाउँ भएकाले पैदलयात्रुको सहजतालाई ध्यान दिएर उक्त निर्णय गरेको उनले बताए। 
महानगरको निर्देशनलाई अवज्ञा गरी फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्नेसमेत उनले बताए।

प्रकाशित मिति: २१:१९ बजे, आइतबार, असोज ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्