Kathmandu Press

देउवाविरुद्ध पौडेल पक्षको अभियानमा सिटौला समूहले साथ नदिने 

काठमाडौं, असोज ११ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले सभापति शेरबहादुर देउवाविरुद्धको अभियानमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साथ नदिने भएको छ।  नेतृत्वविरुद्ध...
देउवाविरुद्ध पौडेल पक्षको अभियानमा सिटौला समूहले साथ नदिने 

काठमाडौं, असोज ११ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले सभापति शेरबहादुर देउवाविरुद्धको अभियानमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साथ नदिने भएको छ।  

नेतृत्वविरुद्ध आन्दोलन घोषणा गरेको पौडेल समूहलाई पार्टी भित्रको तेस्रो धारकारुपमा परिचित सिटौला समूहले पौडेलको अभियानमा साथ नदिने भएको हो। 

वरिष्ठ नेता पौडेलले सभापति देउवालाई बुझाउन लागेको विरोध पत्रमा नेता सिटौलाले हस्ताक्षर गर्न अस्विकार गरेका छन्। विभाग गठन तथा मनोनयन क्रियाशिल सदस्यतालगायतका विषयमा असन्तुष्टि जनाउँदै आएको पौडेल समूहले देउवालाई बुझाउने विरोध पत्र बनाएको छ। जसमा पौडेल पक्षका २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्। 

पौडेल समूहले देउवाविरुद्धको अभियानमा सिटौलाको समेत साथ खोजेको थियो। आइतबार सिटौलाको सहमति लिन पौडेलले आफ्नै निवासमा छलफल गरेका थिए। तर, देउवालाई बुझाइने विरोध पत्रमा हस्ताक्षर गर्न पौडेलले गरेको आग्रहलाई सिटौलाले अस्विकार गरेका छन्। ‘पौडेल दाइले विरोध पत्रमा हस्ताक्षर गर्न गरेको आग्रहलाई सिटौला दाइले अस्विकार गर्नुभएको छ,’ सिटौला निकट एक केन्द्रीय सदस्यले भने। 

भदौ २० गते पौडेल समूहले सिटौला समूहसँग संयुक्त ‘भर्चुअल’ बैठक गरेर पार्टी नेतृत्वविरुद्ध चरणवद्ध आन्दोलन गर्नेबारे छलफल गरेको थियो। विधान विपरित गरिएका भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति शेरबहादुर देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्ष पत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमुलक कार्यक्रम गर्नेबारे भर्चुअल बैठकमा छलफल भएको थियो। तर, सिटौला भने पौडेल समूहको हस्ताक्षर संकलन अभियानमा सहभागी नहुने फैसला पौडेललाई भेटेरै सुनाएका छन्।

प्रकाशित मिति: २०:३९ बजे, आइतबार, असोज ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्