हिमालयन कार्गोका सञ्चालकसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा
काठमाडौं, वैशाख १२ : झण्डै २३ करोड रुपैयाँ अवैध धन थुपारेको अभियोगमा हिमालयन कार्गो र त्यसका सञ्चालकविरुद्ध सम्पत्ति शुद्धिकरण विभागले मुद्दा दाय....

काठमाडौं, वैशाख १२ : झण्डै २३ करोड रुपैयाँ अवैध धन थुपारेको अभियोगमा हिमालयन कार्गो र त्यसका सञ्चालकविरुद्ध सम्पत्ति शुद्धिकरण विभागले मुद्दा दायर गरेको छ।
विभागले हिमालयन कार्गो र सञ्चालक मधुकुमारी चौधरीसहित चार जनाविरुद्धसम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको हो। विभागले चौधरी, विनोद कुमार गुप्ता, विरेन्द्र महतो र कार्गो समेतलाई विपक्षी बनाएर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरुले २२ करोड ९५ लाख ४९ हजार रुपैयाँ बराबरको अवैध धन थुपारेको भन्दै विभागले विगो जफत गर्न र त्यति नै जरिवाना तिराउन माग गरेको छ।
प्रकाशित मिति: १७:१७ बजे, बिहीबार, वैशाख १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











