गण्डकी प्रदेशमा थपिए कोरोनाका ७१ नयाँ संक्रमित
काठमाडौं, असोज ११ : गण्डकी प्रदेशका थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका चार जिल्लाका...
काठमाडौं, असोज ११ : गण्डकी प्रदेशका थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका चार जिल्लाका थप ७१ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरुमा बागलुङका ३१, कास्की २१, लमजुङ १६ र नवलपरासी पूर्वका ३ जना रहेका छन्।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७४४ पुगेको छ।
प्रकाशित मिति: १९:१९ बजे, आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











