Kathmandu Press

चीनको कोइला खानीमा च्यापिएर १६ मुजदुरको मृत्यु

बेइजिङ, असोज ११ : चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्यासका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ। दक्षिणपश्चिमी चीनको एक...
चीनको कोइला खानीमा च्यापिएर १६ मुजदुरको मृत्यु

बेइजिङ, असोज ११ : चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्यासका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ। दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ। चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो।

सो खानीमा कार्बन मोनोअक्साइड ग्यास विस्फोट भएको र जसका कारण ती मजदुरहरु भाग्न नसकेर च्यापिएर ज्यान गएको बताइएको छ। आइतबार बिहान सो दुर्घटना भएको थियो। यस दुर्घटनामा परेर अरु पनि मजदुरहरु सो खानीमा च्यापिएको अनुमान गरिएको छ। 

Hardik ivf

उद्धारकर्मीहरुले स्वास्थ्यकर्मी तथा औषधिसहितको टोलीसमेत लिएर त्यहाँ पुगेका थिए। उनीहरुले खानीबाट उद्धार गरिएका नागरिकलाई उपचार गरेर बचाउने प्रयास गरेका थिए। 

तर पनि १६ जनाको सो खानीभित्रै ज्यान गएको थियो। एक जनालाई उद्धार गरेर बाहिर निकालिएको थियो। अरु पनि सो खानीमा मजदुरहरु परेको हुनसक्ने आशंकामा उद्धारको कार्य जारी राखिएको बताइएको छ। 
चीनमा खानी दुर्घटनामा परी वर्षेनी ठूलो संख्याका नागरिक ज्यान गुमाउन बाध्य हुने गर्दछन्। 

प्रकाशित मिति: १८:५४ बजे, आइतबार, असोज ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्