Kathmandu Press

कोरोना संक्रमणबाट नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत एक कर्मचारीको मृत्यु

राँझा, असोज ११ : कोरोना संक्रमणबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ।नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ४७ वर्षीय पुरुषको...
कोरोना संक्रमणबाट नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत एक कर्मचारीको मृत्यु

राँझा, असोज ११ : कोरोना संक्रमणबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ४७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मधुमेहको समस्या रहेका ती पुरुषको गत भदौ २९ गते स्वाब लिएर कोरोना परीक्षण गरिएको थियो। भदौ ३१ गते उनमा कोरोना पुष्टि भएको थियो। दुवैतिरको फोक्सोमा निमोनिया र मधुमेहको समस्या देखिएपछि उनीलाई भदौ ३१ गते शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेशन वार्डमा भर्ना गरिएको थियो। 

बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ जना पुगेको छ। मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड संंकट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १८:१९ बजे, आइतबार, असोज ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्