भारतका पूर्वकेन्द्रीय मन्त्री जसवन्त सिंहको मृत्यु
काठमाडौं, असोज ११ : भारतका पूर्वकेन्द्रीय मन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा मृत्यु भएको छ। लामो समयदेखि बिरामी रहेका भाजपाका संस्थापक सदस्य सिंहको आइतबार...
काठमाडौं, असोज ११ : भारतका पूर्वकेन्द्रीय मन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा मृत्यु भएको छ।
लामो समयदेखि बिरामी रहेका भाजपाका संस्थापक सदस्य सिंहको आइतबार मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
सन् २००४ मा घरकै बाथरुममा लडेर गम्भीर घाइते भएका सिंह लामो समय कोमामा थिए। उनलाई दिल्लीको आर्मी हस्पितलमा २५ जुनमा भर्ना गरिएको थियो।
सिंहले भारतको विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी भारतीय सेनाका मेजर पनि थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै सिंहको निधनप्रति दुख व्यक्त गरेका छन्। उनले लेखेका छन्र, 'जसवंत सिंहले सैनिकको रुपमा र पछि राजनीतिमा जोडिएर समर्पणका साथ देशको सेवा गरे।'
प्रकाशित मिति: १८:०२ बजे, आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











