कोरोना संक्रमणबाट विदेशमा रहेका २ सय ६५ नेपालीको मृत्यु
काठमाडौं, असोज ११ : कोरोना भाइरस संक्रमणबाट एक सातामा विदेशमा रहेका थप २१ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार साउदी अरेबियामा...
काठमाडौं, असोज ११ : कोरोना भाइरस संक्रमणबाट एक सातामा विदेशमा रहेका थप २१ जना नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघका अनुसार साउदी अरेबियामा १४, कुवेतमा ५, यूएईमा १ र युगान्डामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ।
योसहित कोरोना संक्रमणबाट विदेशमा रहेका नेपालीहरुको मत्यु हुनेको संख्या २ सय ६५ पुगेको छ।
साथै, हालसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना संक्रमति भएका छन्।
तीमध्ये ३५ हजार ७८ जना कोरोनामुक्त भएका एनआरएनएले जनाएको छ।
प्रकाशित मिति: १७:५१ बजे, आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











