झापामा कोरोना संक्रमणबाट थप एकको मृत्यु
झापा, असोज ११ : झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ।गएराति कोभिड अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु...
झापा, असोज ११ : झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ।
गएराति कोभिड अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको नगरप्रमुख राजेन्द्र पोखरेलले बताए। उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए।
कोरोना संक्रमणबाट कनकाई नगरपालिकाका तीन जनाको मृत्यु भइसकेको छ। त्यस्तै, झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या सात पुगेको छ।
कनकाई घर भई विदेश र काठमाडौंमा रहेका गरि अहिलेसम्म तीन जनाको मृत्यु भएको नगरप्रमुख पोखरेलले बताए।
कोभिडबाट मृत्यु भएकाहरुका लागि कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था छ। त्यहाँ रहेका पाँच वटा चितास्थलमध्ये एउटालाई कोभिडबाट मृत्यु भएकाहरुका लागि छुट्याइएको उनले बताए।
प्रकाशित मिति: १६:२७ बजे, आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











