Kathmandu Press

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल, प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, असोज ११ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ।आज बिहानैदेखि ओली र...
ओली र प्रचण्डबीच बालुवाटारमा छलफल, प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, असोज ११ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ।

आज बिहानैदेखि ओली र प्रचण्डबीच छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ। दुवै अध्यक्षबीच मन्त्रिपरिषद् फेरबदलका विषयमा छलफल चलिरहेको जनाएको छ।

प्रधानमन्त्री ओलीले आज मध्यान १२ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रायः सोमबार बस्ने गरेपनि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा आज बैठक बोलाएका हुन्। एक मन्त्रीका अनुसार शनिबार राति नै मन्त्रिपरिषद् बैठकका लागि खबर गरिएको थियो।

मन्त्रिपरिषद् बैठक अघि ओली र प्रचण्ड छलफलमा जुटेका हुन्। आजको मन्त्रिपरिषद् बठैकमा केही विशेष निर्णय हुनसक्ने जनाएको छ।

प्रकाशित मिति: १५:५८ बजे, आइतबार, असोज ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्