Kathmandu Press

मौसम पुर्वानुमान : केहि स्थानमा हल्का देखि भारी बर्षा 

काठमाडौं, असोज ११ : भारतको बिहारमा न्यून चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल  प्रदेश न....
मौसम पुर्वानुमान : केहि स्थानमा हल्का देखि भारी बर्षा 

काठमाडौं, असोज ११ : भारतको बिहारमा न्यून चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल  प्रदेश न. १ मा पूर्णतया बदली रहेको र बाँकी प्रदेशमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आइतबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम  प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा  मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश नं १ का  एक, दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ। यस्तै, राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, असोज ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्