Kathmandu Press

विश्वमा कोरोनाबाट ज्यान गुमाउने संख्या १० लाख नजिक

काठमाडौं, असोज ११ : कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा ज्यान गुमाउने संख्या १० लाख नजिक पुगेको छ । पछिल्लो अपडेट अनुसार विश्वभर...
विश्वमा कोरोनाबाट ज्यान गुमाउने संख्या १० लाख नजिक

काठमाडौं, असोज ११ : कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा ज्यान गुमाउने संख्या १० लाख नजिक पुगेको छ । पछिल्लो अपडेट अनुसार विश्वभर ९ लाख ९८ हजार ६ सय ७७ जनाले ज्यान गुमाएको वल्डोमिर्टसले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९७ जनाले ज्यान गुमाए । यस्तै,  विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी ३ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ । 

विश्वभरका संक्रमितमध्ये २ करोड ४४ लाख कोरोना संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा थप २ लाख ९३ हजार ८ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रकाशित मिति: १३:२४ बजे, आइतबार, असोज ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्