Kathmandu Press

गण्डकीमा थपिए १३ जना कोरोना सक्रमित 

पोखरा, असोज ११ : गण्डकी प्रदेशमा थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६७३  पुगेको...
गण्डकीमा थपिए १३ जना कोरोना सक्रमित 

पोखरा, असोज ११ : गण्डकी प्रदेशमा थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६७३  पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार कास्कीका सात तथा तनहुँ र लम्जुङका तीन/तीन जना कोरोना सङ्क्रमित थपिएका छन् ।

कोरोना सङ्क्रमणका कारण प्रदेशमा हालसम्म ३३ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये दुई हजार ५५४ जना निको भएका छन् भने एक हजार ८६ जना सक्रिय सङ्क्रमित छन् ।

प्रकाशित मिति: १२:२३ बजे, आइतबार, असोज ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्