Kathmandu Press

तीन दिनदेखि हराइरहेका सिन्तान मृत भेटिए

हेटाैँडा, असोज १० : मकवानपुरको कैलाश गाउँपालिका–५ बिमिरेखोलामा एक पुरुषको शव भेटिएको छ।कैलाश–५ का ३८ वर्षीय सोम सिन्तानको शव भेटिएको प्रहरी चौकी डाँडाखर्कका...
तीन दिनदेखि हराइरहेका सिन्तान मृत भेटिए
सांकेतिक तस्वीर।

हेटाैँडा, असोज १० : मकवानपुरको कैलाश गाउँपालिका–५ बिमिरेखोलामा एक पुरुषको शव भेटिएको छ।

कैलाश–५ का ३८ वर्षीय सोम सिन्तानको शव भेटिएको प्रहरी चौकी डाँडाखर्कका प्रहरी सहायक निरीक्षक तेजनारायण कुँवरले जानकारी दिए। कैलाश-१ र ५ को दोभानमा पर्ने बिमिरेखोलामा शनिबार बिहानै शव देखेपछि स्थानीयवासीले वडाध्यक्षलाई खबर गरेका थिए। 

सिन्तान तीन दिनदेखि हराइरहेको कैलाश–५ का वडाध्यक्ष छेकु लामाले जानकारी दिए। उनी गत बिहीबार घरबाट खोलापारि बारीमा काम गर्न गएको र त्यसपछि नफर्किएको आफन्तहरुले बताएका छन्।

सिन्तान बारीमा काम गर्न निस्केदेखि अविरल वर्षा भएको थियो। उनी भोलिपल्ट अबेरसम्म घरमा नआएपछि आफन्तले खोजी सुरु गरेका थिए। 

प्रकाशित मिति: २३:१३ बजे, शनिबार, असोज १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्