Kathmandu Press

काठमाडौं उपत्यकामा शनिबार थपिए ७२४ जना कोरोना संक्रमित 

काठमाडौं, असोज १० : काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोनाको...
काठमाडौं उपत्यकामा शनिबार थपिए ७२४ जना कोरोना संक्रमित 
फाइल तस्वीर।

काठमाडौं, असोज १० : काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ५८३, भक्तपुरका ६३ र ललितपुरका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, शनिबार नेपालमा थप १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ। संक्रमितमध्ये ५० हजार ५३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४६७ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर ११४७ जना घर फर्किएका छन्।

प्रकाशित मिति: २२:१२ बजे, शनिबार, असोज १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्