Kathmandu Press

थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १० : नेपालमा थप १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०७ जनामा कोरोनाको संक्रमण...
थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि
सांकेतिक तस्वीर।

काठमाडौं, असोज १० : नेपालमा थप १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ। संक्रमितमध्ये ५० हजार ५३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४६७ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर ११४७ जना घर फर्किएका छन्।

प्रकाशित मिति: २२:०१ बजे, शनिबार, असोज १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्