Kathmandu Press

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंहलाई कोरोना संक्रमण

काठमाडौं, असोज १० : प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक तथा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) की डिन प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना...
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंहलाई कोरोना संक्रमण
प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह।

काठमाडौं, असोज १० : प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक तथा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) की डिन प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ। 

शुक्रबार गरिएको पीसीआर परीक्षणमा डा. सिंहलाई कोरोना संक्रमण पुष्टि भएको हो। चार दिनदेखि ज्वरो आउने र खोकी लाग्ने समस्या देखापरेपछि डा. सिंहले कोरोना परीक्षण गराएकी थिइन्।

कोरोना संक्रमण पुष्टि भएपछि डा. सिंह होम आइसोलेसनमा बसेकी छिन्। आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि आफूसँग सम्पर्कमा आएका सबैलाई लक्षण देखिए परीक्षण गर्न पनि उनले आग्रह गरेकी छिन्।

प्रकाशित मिति: २०:५५ बजे, शनिबार, असोज १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्