शान्ति सुरक्षामा खलल पार्नेलाई कारवाही : गृहमन्त्री थापा
विराटनगर, वैशाख १२ : गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पुर्याउनेलाई कारवाही गर्ने बताएका छन्।
बिहीबार प्रदेश १ को सुरक्ष....

विराटनगर, वैशाख १२ : गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पुर्याउनेलाई कारवाही गर्ने बताएका छन्।
बिहीबार प्रदेश १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर पुगेका गृहमन्त्री थापाले भने, ‘आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पु¥याउनेलाई कारवाही गरिनेछ।’
हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास भइरहेको उनको भनाइ थियो। विभिन्न माग राखी आन्दोलन गर्ने सबै असन्तुष्ट पक्षलाई सरकारले वार्ता र संवादमा आउन आह्वान गरेको उनले बताए।
विखण्डनकारी समूहलाई समेत मूलधारमा ल्याइसकेको उल्लेख गर्दै गृहमन्त्री थापाले भने, ‘विप्लव समूहलाई पनि आतङ्ककारी क्रियाकलाप छाडी वार्तामा आउनुको कुनै विकल्प छैन।’
दुई दिने सुरक्षा गोष्ठीमा प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ पदाधिकारीको सहभागिता रहेको छ।











