Kathmandu Press

चितवनमा मकवानपुरका कोरोना संक्रमित पुरूषको मृत्यु

भरतपुर, असोज १० : कोरोना भाइरसको संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ। चितवन मेडिकल कजेलमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ का ७४ वर्षीय...
चितवनमा मकवानपुरका कोरोना संक्रमित पुरूषको मृत्यु
सांकेतिक तस्वीर।

भरतपुर, असोज १० : कोरोना भाइरसको संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ। 

चितवन मेडिकल कजेलमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए। 

निर्देशक लम्सासका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए।

ती पुरुषमा भदौ ९ गते कोरोना पुष्टि भएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिँदै आइएको थियो।

प्रकाशित मिति: १८:२५ बजे, शनिबार, असोज १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्