Kathmandu Press

चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

भरतपुर, असोज १० : चितवनमा ट्रकले मोटरसाइकललाई ठक्करबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१२,  टिकौली जंगलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर नगरपालिका–१४ का ३४...
चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

भरतपुर, असोज १० : चितवनमा ट्रकले मोटरसाइकललाई ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

भरतपुर महानगरपालिका–१२,  टिकौली जंगलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर नगरपालिका–१४ का ३४ वर्षीय पुरन गिरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। 

पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आइरहेको ना ५ ख १३६४ नम्बरको ट्रकले ना ६४ प ८३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भिर घाइते भएका थिए।

घाइते गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा गएराति मृत्यु भएको हो। ट्रक र चालकलाई भने प्रहरीको नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति: १६:४२ बजे, शनिबार, असोज १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्