Kathmandu Press

निगमले ग्यास व्यवसायीको कमिसन २८ रुपैयाँ बढायो, व्यवसायी भन्छन्– कम भयो

काठमाण्डौं, वैशाख १२ : नेपाल आयल निगमले ग्यास व्यवसायिकको कमिसन बढाएको छ। निगमले आजदेखि लागू हुने गरि २८ रुपैयाँ कमिसन बढाएको हो।

ग्यास उद्य....

निगमले ग्यास व्यवसायीको कमिसन २८ रुपैयाँ बढायो, व्यवसायी भन्छन्– कम भयो

काठमाण्डौं, वैशाख १२ : नेपाल आयल निगमले ग्यास व्यवसायिकको कमिसन बढाएको छ। निगमले आजदेखि लागू हुने गरि २८ रुपैयाँ कमिसन बढाएको हो।

ग्यास उद्योगीको खर्च र लगानी बढेकाले कमिसन बढाउनु परेको निगमको भनाइ छ। यसअघि प्रतिसिलिन्डर कमिशन ३२ रुपैयाँ थियो। अहिले भ्याटसहित ५.४७ पैसा बढेर ३७.४७ रुपैयाँ पुगेको छ।

व्यवसायीको लगानी र खर्च बढेको आधारमा कमिसन बढाएको निगमका कार्यकारी निर्देशक वीरेन्द्र गोइतले बताए। ‘पहिलेको कमिटीले गरेको निर्णयको आधारमा कमिशन बढाएका हौं। यसमा पनि चित्त नबुझेमा वहाँहरुसँग बोर्डले कमिटीले छलफल गर्ने छ,’ उनले भने।

व्यवसायीहरूकै मागलाई सम्बोधन गर्न कमिसन बढाएको उनको भनाइ छ। यस वापत निगमले वार्षिक ९६ करोड खर्च गर्नु पर्ने उनले बताए।

पेट्रोलियम पदार्थको नियमन गर्ने निकाय निगमले कमिसन बढाएको भएपनि ग्यास व्यवसायीले भने असन्तुष्टि जनाएका छन्। एलपी ग्यासका अध्यक्ष गोकुल भण्डारीले काठमाडौँप्रेससँग भने ‘अहिले बढाएको कमिसनले हामीलाई छेउ पनि पुग्दैन। अब हामी उद्योगिको महाभेला गर्दै छौँ । त्यहाँ यो विषयमा कुरा राख्छौँ।’

पहिले ग्यास व्यवसायीले एक सिलिण्डर ग्यास बराबरको प्रशासकीय खर्च वापत ५२, स्थानीय ढुवानी खर्च वापत २९, उद्योगीको मुनाफा ३० र विक्रेताको ३२ रूपैयाँ कमिशन पाउँदैआएका थिए।

ग्यास उद्योगीले आफूले माग गरेको जति कमिसन नबढाएको भन्दै ग्यास उद्योगीले भेलाको आयोजना गर्ने भएका छन्। भेला गरेर यसका विषयमा निर्णय गर्ने ग्यास उद्योगी गोकुल भण्डारीले बताए। भेलाले गर्ने निर्णयका आधारमा फेरि ग्यास व्यवसायी आन्दोलन गर्ने भएका छन्।

 

प्रकाशित मिति: १३:५० बजे, बिहीबार, वैशाख १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्