Kathmandu Press

वीपी प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु

धरान, असोज १० :  कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ।धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत राजविराज नगरपालिका–३ का...
वीपी प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु
सांकेतिक तस्वीर।

धरान, असोज १० :  कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो। 

असोज ८ गते दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। 

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई असोज ८ गते विराट मेडिकल कलेज विराटनगरबाट वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो। प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।

ती पुरुषमा अन्य कुनै रोग नरहेको प्रतिष्ठानले जनाएको छ। 
 

प्रकाशित मिति: १६:२४ बजे, शनिबार, असोज १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्