खुलामञ्च खोज्दै प्रदर्शन
काठमाडौं, वैशाख १२ : राजधानीको खुलामञ्च अतिक्रमण गरिएपछि संरक्षणकर्मी र स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्।
उनीहरूले आज खुलामञ्चमा प्रदर्....

काठमाडौं, वैशाख १२ : राजधानीको खुलामञ्च अतिक्रमण गरिएपछि संरक्षणकर्मी र स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्।
उनीहरूले आज खुलामञ्चमा प्रदर्शन गरेका हुन्। ‘खुलामञ्च, कहाँ छ खुल्ला?’ भन्ने नाराका साथ प्रदर्शन गरिएको हो।
काठमाडौं महानगरपालिकासँगको मिलेमतामो खुलामञ्च अतिक्रमण गरिएको उनीहरूको भनाइ छ। स्थानीय बासिन्दाको प्रदर्शनमा राजनीतिक दलका नेता कार्यकर्ताले पनि साथ दिएका छन्।
बिहीबारको प्रदर्शनमा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, नयाँ शक्ति पार्टी नेतृ मानुषी यमी भट्टराई पनि सहभागी थिइन्। त्यस्तै, नागरिक समाजका अगुवाहरू पनि प्रदर्शनमा सहभागी भएका छन्।
खुलामञ्च बचाउ अभियानले यसको नेतृत्व गरेको छ। खुलामञ्च बचाउन दबाबमूलक आन्दोलन सुरू गरिएको अभियानका संयोजक सुसन बैद्यले बताए।
खुलामञ्चमा बसपार्क गर्न थालिएको छ। त्यस्तै, बाँकी क्षेत्रमा सटर बनाउन ठेक्का दिएको छ। करिब ४० वटा सटर बन्न थालेका छन्।











