Kathmandu Press

ग्लोबल वार्मिङले भारतको अर्थतन्त्र ३१ प्रतिशत खुम्चियो

स्ट्यानफोर्ड विश्वविद्यालयको एक अध्ययन अनुसार ग्लोबल वार्मिङले भारतीय अर्थतन्त्रलाई ३१ प्रतिशतले खुम्च्याएको छ। पृथ्वीको तापक्रममा भएको परिवर्तनले बढाएको असमानता पत्ता....

ग्लोबल वार्मिङले भारतको अर्थतन्त्र ३१ प्रतिशत खुम्चियो

स्ट्यानफोर्ड विश्वविद्यालयको एक अध्ययन अनुसार ग्लोबल वार्मिङले भारतीय अर्थतन्त्रलाई ३१ प्रतिशतले खुम्च्याएको छ। पृथ्वीको तापक्रममा भएको परिवर्तनले बढाएको असमानता पत्ता लगाउन उक्त अध्ययन गरिएको थियो।

प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनले सन् ६० को दशकदेखि पृथ्वीको वायुमण्डलमा हरितगृह ग्यासको बढ्दो सघनताले नर्वे र स्वीडेनजस्ता शितल देशलाई धनी बनाएको तर भारत र नाइजेरियाजस्ता न्यानो देशको आर्थिक वृद्धि घटाएको देखाएको छ।

‘पृथ्वीका सबैभन्दा गरिब देशलाई ग्लोबल वार्मिङले झन् गरिब बनाएको हाम्रो अध्ययनले देखाएको छ,’ अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालय जलवायु वैज्ञानिक नोआह डिफ्फेनबोगले बताए। त्यसैगरी बहुसंख्यक धनी राष्ट्रहरू झन् धनी भएका छन्।

Hardik ivf

सन् १९६१ देखि २०१० सम्मका तथ्याङ्कका आधारमा गरिएको अध्ययनले ग्लोबल वार्मिङले विश्वका सबैभन्दा गरिब देशमा प्रति व्यक्ति सम्पत्ति १७ देखि ३० प्रतिशत घटाएको देखाएको छ। त्यसैगरी, प्रति व्यक्ति उच्चतम र न्यूनतम उत्पादन भएको देशको समूहबीचको अन्तर पनि अहिले २५ प्रतिशत बढी भएको छ।
तापक्रमको प्रति वर्ष प्रभाव थोरै देखिए पनि कालान्तरमा त्यसले नाटकिय लाभ वा घाटा ल्याउन सक्छ। 

‘यो बचत खाताजस्तै हो। ब्याजदरमा भएको सानो फरकले पनि ३० देखि ५० वर्षको अवधिमा खाताको मौज्दातमा ठूलो भिन्नता ल्याउँछ,’ डिफ्फेनबोगले भने।
तापक्रम वृद्धिको स–साना प्रभावलाई दशकौंसम्म संकलन गरेपछि भारतको अर्थतन्त्र हाल ३१ प्रतिशत सानो छ। ग्लोबल वार्मिङ नभएको भए यस्तो नहुने उनले बताए।
पछिल्ला दशकहरूमा अन्तरदेशीय आर्थिक असमानता घटे पनि, ग्लोबल वार्मिङ नभएको भए यो अन्तर अझ छिटो घट्ने अनुसन्धानले देखाएको छ।

अस्थिर तापक्रमले आर्थिक वृद्धिमा पार्ने प्रभाव अनुमान गर्न अनुसन्धाताको समूहले एक सय ६५ देशका ५० वर्षसम्मको वार्षिक तापक्रम र कुल ग्राहस्थ उत्पादन विश्लेषण गरे। शितल देशहरूमा औसतभन्दा न्यायो वर्षको वृद्धि बढेको न्यानो देशमा सुस्त भएको तथ्याङ्क उनीहरूले प्रस्तुत गरेका छन्।

‘ऐतिहासिक तथ्याङ्कले तापक्रम धेरै गर्मी र धेरै चिसो नहुँदा अन्नबाली बढी उत्पादनशील, मानिस बढी स्वस्थ र काममा हामी बढी सिर्जनशील भएको देखाउँछ,’स्ट्यान्फोर्डका सहायक प्राध्यापक मार्सले बर्कले भने,‘यसको अर्थ चिसा देशहरूमा थोरै न्यायोपनले सहयोग गर्नसक्छ। धेरै नै तातो स्थानमा भने केही चिसोपन लाभदायक हुन्छ।’

विश्वभरिका अनुसन्धान केन्द्रले विकास गरेका २० भन्दा धेरे जलवायु मोडेलका तथ्याङ्क अनुसन्धाताले एकत्रित गरे। मानवसिर्जित जलवायु परिवर्तनका कारण हरेक देश कति तातो भयो भनेर हेर्न जलवायु मोडेल प्रयोग गरेर, तापक्रम नतातिएको भए हरेक देशको आर्थिक उत्पादन निर्धारण गर्न अनुसन्धाताहरू सक्षम भए।

‘ग्लोबल वार्मिङले आर्थिक वृद्धिमा सहयोग गर्‍यो वा गरेन धेरै देशमा प्रष्ट छ,’ बर्कले भने,‘ विशेषगरी उष्णदेशको तापक्रम आर्थिक वृद्धिका लागि सकारात्मक हुँदैन। उनीहरूलाई हानी पुग्यो भनेर निश्चित भएको छैन।’ 

अमेरिका, चीन र जापान लगायत मध्य अक्षांशका देशहरूमा तापक्रम वृद्धिले कसरी प्रभाव पा¥यो प्रष्ट छैन। यी र अन्य समशीतोष्ण जलावायु भएका देशमा, दश प्रतिशतभन्दा थोरै आर्थिक प्रभाव भएको विश्लेषणले देखाएको छ।

-प्रेस ट्रष्ट अफ इन्डियाबाट

प्रकाशित मिति: ०७:०४ बजे, बिहीबार, वैशाख १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्