Kathmandu Press

भूकम्पपछिको पुनर्निर्माण तीव्र गतिमा दौडेको छः प्रधानमन्त्री ओली

धुलिखेल, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निमार्णको काम तीव्र गतिमा अघि बढेको बताएका छन्।

काभ्रेपलान्चोकको सञ....

भूकम्पपछिको पुनर्निर्माण तीव्र गतिमा दौडेको छः प्रधानमन्त्री ओली

धुलिखेल, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निमार्णको काम तीव्र गतिमा अघि बढेको बताएका छन्।

काभ्रेपलान्चोकको सञ्जीवनी नमूना माध्यमिक विद्यालय धुलिखेलमा भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला गठन भएको प्राधिकरणले आफ्नो बहिरगमनसँगै काम गर्न नसकेको बताए। 

‘हामी सरकारबाट हटेपछि प्राधिकरणका प्रमुखलाई पनि हटाइयो। त्यसपछि पुनर्निर्माण भन्दा राजनीति गर्ने प्रमुखहरु ल्याइए,’ उनले भने,‘जसले गर्दा पुनर्निर्माणको गति एकदमै सुस्त भयो।’ प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनसँगै प्राधिकरण काममा गति बढाएको बताए।

‘अब हाम्रा हरेक कामहरु यस्तै गतिशिल र तीव्र रुपमा हुनुपर्दछ। हाम्रा संरचनाहरु सुरक्षित र भूकम्पप्रतिरोधी पनि हुनुपर्दछ,’उनले भने। प्रधानमन्त्री ओलीले शिक्षाले व्यक्तिलाई स्वरोजगारको अवसर दिनु पर्ने बताए। 

प्रधानमन्त्री ओलीले शिक्षामा नैतिकता र इमानदारिताको पाटो कमजोर हुँदै गएको बताए। ‘जसले बढी अपमानजनक शब्द प्रयोग गर्छ त्यही सुरो हुने, जसले अफवाह फैलाउँछ त्यही ठूलो सूचनादाता हुने। यस्तो अवस्थाबाट समाजलाई बाहिर ल्याउनु पर्दछ,’प्रधानमन्त्री ओलीले भने।
 

प्रकाशित मिति: १८:०५ बजे, बुधबार, वैशाख ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्