Kathmandu Press

इटलीको स्थानीय निर्वाचनको नतिजा सार्वजनिक

रोम, असोज ७ : इटलीमा भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ। कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुकमा पर्ने इटलीमा गत आइतबार र सोमबार...
इटलीको स्थानीय निर्वाचनको नतिजा सार्वजनिक

रोम, असोज ७ : इटलीमा भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ। 

कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुकमा पर्ने इटलीमा गत आइतबार र सोमबार निर्वाचन भएको थियो। 

Hardik ivf

देशका २० क्षेत्रमा निर्वाचन भएको र त्यसको भोलिपल्ट मंगलबार निर्वाचनको नतिजा सार्वजनिक भएको हो।

आन्तरिक मामिला मन्त्रालयले दिएको जानकारी अनुसार देशको क्याम्पनीया, लिगुरिया, मार्चे, पुग्लीया, टुस्कानी, भाल्ले डि ओस्टा र भेनेटोका क्षेत्रहरुमा निर्वाचन भएको हो। 
दुई दिने यस स्थानीय तहको निर्वाचनमा झण्डै एक करोड ८५ लाख मतदाता सहभागी भएको पनि मन्त्रालयले जनाएको छ।

निर्वाचनमा सत्तारुढ दल मध्य—दक्षिणपन्थी डेमोक्रेटिक पार्टी र फाइब स्टार मुभमेन्टको गठबन्धनले टुस्कानी, क्याम्पानाीया र पुग्लीयामा विजयी हासिल गरेको छ। 

त्यसैगरी दक्षिणपन्थी विपक्षी दल लिग पार्टीले लिगुरिया र भेनोटोमा जितेको छ। दक्षिणपन्थी अर्को दल ब्रदर अफ इटली मार्चे क्षेत्रमा विजयी भएको छ। 

इटलीमा गत बसन्त ऋतुकै बेलामा निर्वाचन हुनु पर्ने नियमित तालिका रहेपनि कोरोना महामारीका कारण अहिले मात्र निर्वाचन भएको हो। 

प्रकाशित मिति: २०:३४ बजे, बुधबार, असोज ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्